गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी
पार्टी नेतृत्वका अनुसार नयाँ केन्द्रीय समितिले संगठन सुदृढीकरण, संविधानको कार्यान्वयन, लोकतन्त्रको संरक्षण तथा आगामी निर्वाचन लक्षित रणनीति निर्माणमा प्राथमिकता दिनेछ।
काठमाडौं, माघ १ : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्। विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ।
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
समावेशी संरचनाअनुसार केन्द्रीय सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना निर्वाचित भएका छन्।
सह–महामन्त्रीमा क्रमशः डा। डिला संग्रौला पन्त, प्रकाश रसाइली ‘स्नेही’, बहादुर सिंह लामा, उदय शम्शेर राणा, मुक्ता कुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्ण बहादुर बुढा चयन भएका हुन्।
महाधिवेशनले केन्द्रीय सदस्यतर्फ खुल्ला, महिला, प्रदेशगत तथा विभिन्न समावेशी समूहबाट ठूलो संख्यामा प्रतिनिधि चयन गरेको छ।
खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् भने महिला खुल्ला, प्रदेशगत, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
पार्टी नेतृत्वका अनुसार नयाँ केन्द्रीय समितिले संगठन सुदृढीकरण, संविधानको कार्यान्वयन, लोकतन्त्रको संरक्षण तथा आगामी निर्वाचन लक्षित रणनीति निर्माणमा प्राथमिकता दिनेछ। उक्त समितिको बैठक पनि विहीबार विहानलाई बोलाइएको छ । विहान १०ः३० बजे कुपोन्डोलमा बैठक बस्न लागेको हो।











![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)
