Kathmandu Press

रविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने प्रक्रिया अघि बढ्यो

महान्यायाधिवक्ता सविता भण्डारी बरालले बुधबार फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुरुप दुईवटा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिने निर्णय गरेकी हुन्। 
रविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने प्रक्रिया अघि बढ्यो

काठमाडौं, पुस ३० : महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। 

महान्यायाधिवक्ता सविता भण्डारी बरालले बुधबार फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुरुप दुईवटा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिने निर्णय गरेकी हुन्। 

लामिछानेविरुद्ध काठमाडौं, रुपन्देही, कास्की र पर्सा अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग छ। 

ति जिल्लास्थित सरकारी वकिलको कार्यालयले अब मुद्दा फिर्ताका लागि आरोपपत्रमै संशोधनका लागि अदालतमा रितपूर्वक निवेदन दिनेछन्। त्यसपछि अदालतको अनुमती लिएर सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।

प्रकाशित मिति: १९:२६ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्