विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनमा महामन्त्रीको दाबी फिर्ता
शर्माको नाम फिर्ता लिएर उनले महामन्त्रीमा गुरूराज घिमिरेलाई सघाउने भएका छन्। शर्माले नाम फिर्ता लिएपछि दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
काठमाडौं, पुस ३० : कांग्रेस संस्थापनद्वारा कारबाही गरिएका गगन थापा र विश्वप्रकास शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा शर्माले महामन्त्रीको उम्मेदवारीबाट नाम फिर्ता लिएका छन्।
शर्माको नाम फिर्ता लिएर उनले महामन्त्रीमा गुरूराज घिमिरेलाई सघाउने भएका छन्। शर्माले नाम फिर्ता लिएपछि दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ । सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ । सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्।
सहमहामन्त्रीका लागि महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको निर्वाचन समितिले जनाएको छ । सबै पदमा उम्मेदवारी परेको जनाइएको छ।
प्रकाशित मिति: १९:०५ बजे, बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)
