मैले देउवालाई बुझाउन सकिनँ : गगन
‘मैले उहाँ (देउवा) लाई कुरा बुझाउनै सकिनँ । अहिलेको चिन्ता आफूहरूको मात्रै होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ थापाले भने।
काठमाडौं, पुस ३० : नेपाली कांग्रेसको महामन्त्रीबाट कारबाहीमा परेका गगन थापाले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउन नसकेको बताएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो भनाई राखेका हुन्।
‘मैले उहाँ (देउवा) लाई कुरा बुझाउनै सकिनँ । अहिलेको चिन्ता आफूहरूको मात्रै होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ थापाले भने।
यता, नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले थापा, शर्मा र मन्सुरलाई पार्टीबाटै निष्कासनको घोषणा गरेको हो। उनीहरुबाहेक कांग्रेस बैठकले अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीबाट गगन थापा, विश्वप्रकास शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको थियो।
कारबाहीपछि कांग्रेस बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन समेत आग्रह गरिसकेको छ।











![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)
