महामन्त्रीमाथि कारबाहीसँगै सबै नेतालाई पूर्ववत् जिम्मेवारीमा फर्किन कांग्रेसको आह्वान
बुधबार बसेको केन्द्रीय समिति बैठकले थापा, शर्मा र मन्सुरलाई पार्टीबाटै निष्कासनको घोषणा गरेको हो। उनीहरुबाहेक कांग्रेस बैठकले अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
काठमाडौं, पुस ३० : नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले थापा, शर्मा र मन्सुरलाई पार्टीबाटै निष्कासनको घोषणा गरेको हो। उनीहरुबाहेक कांग्रेस बैठकले अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन समेत आग्रह गरेको छ।
थापा, शर्मा र मन्सुरविरुद्ध पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप छ।
यता, विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरेर चुनावी प्रक्रिया अघि बढाएका छन्।
पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरूविच छलफल भए पनि सहमती जुट्न सकेको थिए। आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। उक्त वार्ता पनि विफल भएको थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










