Kathmandu Press

महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई कांग्रेसको कारबाही, पाँच वर्षका लागि पार्टीबाट निष्काशन 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो।
महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई कांग्रेसको कारबाही, पाँच वर्षका लागि पार्टीबाट निष्काशन 

काठमाडौं, पुस ३० : नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको कारबाही गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन समेत आग्रह गरेको छ।

Hardik ivf

उनीहरुविरुद्ध पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाइएको छ । विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरेर चुनावी प्रक्रिया अघि बढाएका छन्। 

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरूविच छलफल भए पनि सहमती जुट्न सकेको थिएन। आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। उक्त वार्ता पनि विफल भएको थियो। 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्