Kathmandu Press

कांग्रेस बैठकबाट १५औं महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन

गत पुस १८ गतेको कार्यसम्पादन समितिको बैठकमा आगामी वैशाखमा १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने गरी निर्णय भएको थियो। सोही निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको हो। 
कांग्रेस बैठकबाट १५औं महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन

काठमाडौं, पुस ३० : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १५ औं महाधिवेशनको लागि नयाँ कार्यतालिका अनुमोदन गरेको छ। 

गत पुस १८ गतेको कार्यसम्पादन समितिको बैठकमा आगामी वैशाखमा १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने गरी निर्णय भएको थियो। सोही निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको हो। 

Hardik ivf

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गर्दा यता भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले आयोजना गरेको विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अघि बढिरहेको छ।

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्