सहमतिमा ल्याइएको कार्यतालिकामा महाधिवेशन पक्षधरले धोका दिएको खड्काको दाबी
खड्काले बैठकमा विशेष महाधिवेशन पक्षधरले चुनावमा प्रधानमन्त्री घोषणा गरेर जाने बिषय, सभापति देउवाले राजनीतिबाट सन्यास लिने र हाइकमाण्ड बनाउने विषयमा अडान नछाडेको पनि खड्काले बताए ।
काठमाडौं, पुस ३० : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठकमा सहमतिमा ल्याइएको कार्यतालिकामा विशेष महाधिवेशन पक्षधरले धोका दिएको बताएका छन्।
केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै खड्काले यस्तो भनाई राखेका हुन्। उनले महामन्त्रीहरूसँगको सहमतिमा कार्यतालिका ल्याएको बताए।
काम गर्दा भ्याइएन भनेपछि त्यसलाई सार्ने सहमतिमा धोका भएको खड्काको भनाई छ।
खड्काले बैठकमा विशेष महाधिवेशन पक्षधरले चुनावमा प्रधानमन्त्री घोषणा गरेर जाने बिषय, सभापति देउवाले राजनीतिबाट सन्यास लिने र हाइकमाण्ड बनाउने विषयमा अडान नछाडेको पनि खड्काले बताए ।
प्रकाशित मिति: १५:४१ बजे, बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)