विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन
केन्द्रीय निर्वाचन समितिको कार्यालयले बुधबार ४ बजे प्रथम नामावली प्रकाशन गर्ने, साढे ४ बजे दाबी विरोध, ५ बजेसम्म दाबी विरोधको छानबिन गरिने जनाएको छ।-1768289005.jpg)
काठमाडौं, पुस ३० : भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन समितिको कार्यालयले बुधबार ४ बजे प्रथम नामावली प्रकाशन गर्ने, साढे ४ बजे दाबी विरोध, ५ बजेसम्म दाबी विरोधको छानबिन गरिने जनाएको छ।
त्यसपछि ५ बजे पुनः नामावली प्रकाशन, ५ः३५ सम्म मनोनयन फिर्ता र ६ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका बनेको छ।
मतदान राति ८ बजेदेखि ९ बजेसम्म हुने भएको छ।
प्रकाशित मिति: १५:३७ बजे, बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)