महामन्त्री विश्वप्रकाश शर्माले ल्याए सहमतिका लागि नयाँ प्रस्ताव
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आजै भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई विश्राम लिन आग्रह गरेका थिए।
काठमाडौं, पुस ३० : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि नयाँ प्रस्ताव पठाएका छन्। केही समयअघि शर्माले सहमतिका लागि नयाँ प्रश्ताव पठाएका हुन्।
शर्माले पठाएको प्रश्तावमाथि कार्यवाहक सभापति खड्काको कार्यकक्षमा अनौपचारिक छलफल गरिएको समेत जनाइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आजै भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई विश्राम लिन आग्रह गरेका थिए।
प्रतिनिधि सभाको निर्वाचनमा टिकट वितरणमा कार्यवाहक सभापतिको हस्ताक्षर रहने व्यवस्था गर्न पनि उनीहरुले माग गरेका थिए।
सभापति देउवाले आगामी चुनावमा उम्मेदवार बन्न नहुने र भृकुटीमण्डप विशेष महाधिवेशनले गरेका निर्णयलाई मान्यता दिनुपर्ने माग पनि राखेका थिए।
सभापति देउवाले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनपछि आफू स्वतः बाहिरिने बताउँदै धैर्य गर्न आग्रह गरेका थिए। संस्थापन पक्षले महामन्त्रीद्वयका माग पूरा गर्न अत्यधिक लचकता देखाए पनि सहमतिमा पुग्न नसकेपछि गगन–विश्व विशेष महाधिवेशनको निर्वाचन प्रक्रियामा छन्।
महामन्त्री शर्माले पठाएको नयाँ प्रश्तावको फहरिस्त भने बाहिर आउन बाँकी छ।












