कानुनी परामर्शमा कांग्रेस महामन्त्रीद्वय
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन्।
काठमाडौं, पुस ३० : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन्।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन्।
छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निर्क्यौल निकाल्न सुझाव दिएका थिए।
सभापति देउवासँग बुधबार बिहान भएको छलफलमा सहमति हुन नसकेपछि थापा र शर्मा देउवा निवासबाट बाहिरिएका थिए।
प्रकाशित मिति: ११:४५ बजे, बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)