Kathmandu Press

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

सोमबारको बन्दसत्रमा महामन्त्री थापाले राख्नुभएको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राख्नुभएको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो।  
कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं, पुस २९ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन्।

सोमबारको बन्दसत्रमा महामन्त्री थापाले राख्नुभएको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राख्नुभएको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो।  

Hardik ivf

सोमबारदेखि सुरु भएको बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिका छुट्टाछुट्टै नौ समूह बनाएर गहन छलफल गरी आज पारित गरिएको हो।

यस्तै, आजै दिउँसोदेखि निर्वाचनका कामलाई समेत अगाडि बढाइएको छ। 

आज उम्मेदवारी दर्ता गरी बुधबार मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।

प्रकाशित मिति: २१:०१ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्