Kathmandu Press

विशेष महाधिवेशनमा उम्मेदवारका लागि फाराम वितरण 

डेमोक्रेटिक लयर्श एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीको संयोजकत्वमा गठित निर्वाचन समितिले साँझ साढे सात बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ।
विशेष महाधिवेशनमा उम्मेदवारका लागि फाराम वितरण 

काठमाडौं, पुस २९ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माको आयोजनामा भएको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण शुरु गरेको छ। 

डेमोक्रेटिक लयर्श एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीको संयोजकत्वमा गठित निर्वाचन समितिले साँझ साढे सात बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ। समितिका अनुसार सभापति पदका लागि ४ जनाले फाराम लिएर गएका छन्। 

Hardik ivf

सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था राखिएको छ। उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। 

सहमहामन्त्रीका उम्मेदवारका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ। अहिले पार्टी भित्रको विवाद समाधान गरी सहमती र एकता कायम गर्न नेताहरुवीच छलफल र वार्ता चलिरहेको छ। 

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्