Kathmandu Press

समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन

उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प नभएको बताए ।
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन

काठमाडौं, पुस २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्खाबाट नासोको रुपमा प्राप्त भएको देशलाई समृद्ध र सबल रुपमा भावी पुस्तालाई जिम्मा लगाउनुपर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प नभएको बताए ।

Hardik ivf

‘सामान्य अवस्थामा छैन र यो कुरा भदौ २३ र २४ गतेको घटनाले पुष्टि गरेको छ। हाम्रो पुर्खाबाट नासोको रुपमा प्राप्त गरेको यो पुण्यभूमिलाई सकेसम्म समृद्ध र सबल बनाएर आउने पुस्तालाई जिम्मा लगाउने नसके पनि हामीले यसलाई कतैबाट पनि तलमाथि हुन नदिई सङ्लो रुपमा आउने पुस्तालाई दिन सक्नुपर्छ,’ उनले भने, ‘यो हाम्रो कर्तव्य नै हो, त्यो कर्तव्यको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प छैन । देशलाई माया गर्ने, देश बचाउने र बनाउन चाहनेहरुको पार्टी भनेकै राप्रपा हो।’

यस्तै, उनले २०६२–२०६३ को राजनीतिक परिवर्तनपछि राप्रपाले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको भन्दै आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए।

आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा जानु पर्ने भन्दै मुलुकमा अभिभावकको भूमिकामा राजसंस्था हुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नेहरु एक हुनुपर्ने बताए।

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्