Kathmandu Press

कांग्रेसमा दोस्रो चरणको वार्ता जारी 

कांग्रेस संस्थापन, नेता डा.शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दिउँसो ३ बजेबाट दोस्रो चरणको वार्ता सुरु भएको हो। बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका वार्ता भएको थियो। 
कांग्रेसमा दोस्रो चरणको वार्ता जारी 

काठमाडौं, पुस २९ : नेपाली कांग्रेसको विवाद समाधानका लागि दोस्रो चरणको वार्ता शुरु भएको छ। 

कांग्रेस संस्थापन, नेता डा.शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दिउँसो ३ बजेबाट दोस्रो चरणको वार्ता सुरु भएको हो। बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका वार्ता भएको थियो। 

Hardik ivf

छलफलमा सभापति शेरबहादुर देउवा पक्षीय नेता रमेश लेखक र बालकृष्ण खाण, नेता कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए। 

आजै सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ। यता, भृकुटीमण्डमा विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढिरहेको छ। 

त्रिपक्षीय वार्तामा पार्टी विवाद समाधानको सहमति भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाले विशेष महाधिवेशनस्थत भृकुटीमण्ड पुगेर सम्बोधन गर्ने विषयमा समेत छलफल चलिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्