Kathmandu Press

समानुपातिक सूचीबाट १७५ जनाले नाम फिर्ता 

बन्द सूचीबाट १७ वटा दलका  १७५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको आयोगले जनाएको छ। 
समानुपातिक सूचीबाट १७५ जनाले नाम फिर्ता 

काठमाडौं, पुस २९ : आसन्न निर्वाचनको समानुपातिक सूचीको बन्द सूचीबाट १७५ जनाले नाम फिर्ता लिएका छन्। 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले पुस १४ गते निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका थिए। 

Hardik ivf

त्यो बन्द सूचीबाट १७ वटा दलका  १७५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको आयोगले जनाएको छ। 

लोसपा र जसपा एकीकरण भएपछि लोसपाका ११० समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका कारण फिर्ता लिनेहरूको संख्या ठूलो देखिएको छ।

५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ दलले बन्दसूची बुझाइएका थिए। सबै दलबाट गरी समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ।

उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको कार्यतालिका छ। 

जुन समावेशी समूहबाट नाम फिर्ता लिइएको हो, त्यही स्थानमा दलले अर्को नाम पठाउन पाउने आयोगले जनाएको छ।

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्