Kathmandu Press

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क समेत तोकिएको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको हो।
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं, पुस २९ : नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। 

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ।

Hardik ivf

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ः३० देखि १ः३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ। यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ।

कार्यतालिका अनुसार ४ः३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमाअनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ। 

यस्तै ४ः३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५ः३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५ः३० देखि ७ः३०सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुनेछ।

यसैगरी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क समेत तोकिएको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको हो।

निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। 

त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रकाशित मिति: १४:३० बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्