Kathmandu Press

नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउने निर्वाचन समितिको निर्णय

बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेसँगै नयाँ समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो।
नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउने निर्वाचन समितिको निर्णय

काठमाडौं, पुस २९ : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे।

बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेसँगै नयाँ समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो।

भृकुटीमण्डपमा हिजोदेखि जारी बन्दसत्र अझै जारी छ। यसैबीच विशेष महाधिवेशन पक्षधर नेताहरूले लाजिम्पाटस्थित एक निवासमा संस्थापन पक्षका नेताहरूसँग वार्ता पनि निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्