नयाँ नेतृत्व चयनको माग राखेर भृकुटीमण्डपमा नाराबाजी
-1768289005.jpg)
काठमाडौं, पुस २९ : नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन्।
केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन्।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दा पार्टी विभाजन हुने देखिएपछि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भएको छ।
आज बिहान वार्तामा कुनै निष्कर्ष भने निस्किएन। पुनः दिउँसो बस्ने गरी वार्ता स्थागित भएको छ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए।
प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










