Kathmandu Press

डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

काठमाडौं, पुस २९ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

Hardik ivf

पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।

यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो। यसअघि पार्टीले खम्बबहादुर खातीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो।

निर्वाचन समितिमा डिएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्।

अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ।

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, पुस २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्