कांग्रेसलाई एक ढिक्का बनाउने प्रयास, दुई पक्षबीच आज निर्णायक वार्ता
सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्दसत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो ।
काठमाडौं, पुस २९ : नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच आज वार्ता हुँदै छ । विशेष महाधिवेशनको बन्दसत्र सुरु भइसकेको अवस्थामा कांग्रेसलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने विषयमा वार्ता हुन लागेको हो ।
सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्दसत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो ।
संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड वार्तामा सहभागी हुनेछन् । विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन् । वार्ता केही समयमा सुरु हुनेछ ।
आजै कांग्रेसले केन्दीय कार्यसमितिको बैठक पनि बोलाएको छ । विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदै छ ।
विशेष महाधिवेशनमा सभापति देउवा सहभागी नभए जारी बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने बताइएको छ ।










