Kathmandu Press

मृतकको किर्ते सहीछाप गरी सामाजिक भत्ता हिनामिनाको अभियोगमा वडाध्यक्षविरुद्ध मुद्दा 

दोलखाको मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष कोइराला, तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दलबहादुर थापाउपर कैद तथा जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
मृतकको किर्ते सहीछाप गरी सामाजिक भत्ता हिनामिनाको अभियोगमा वडाध्यक्षविरुद्ध मुद्दा 

काठमाडौं, पुस २८ : मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। दोलखाको मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष कोइराला, तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दलबहादुर थापाउपर कैद तथा जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको हो। मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी वडाध्यक्षसमेतले सामाजिक सुरक्षा भत्ता बापतको रकम निकाली हिनामिना गरेको दाबी अख्तियारको छ। 

Hardik ivf

अख्तियारको अनुसन्धानका क्रममा मेलुङ गाउँपालिका, वडा नं १ बाट आव २०७३।०७४, आव २०७४।०७५ र आव २०७५।०७६ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ जना लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता वितरण भरपाईको सक्कल कागजातमा लाभग्राहीको दस्तखत/औंठाछाप हुने खण्डमा वडाध्यक्ष इश्वर कोइरालाले बदनियतपूर्वक आफ्नो दायाँ हातको बुढी औंलाको औंठाछाप लगाई आठ हजार रुपैयाँ रकम भुक्तानी लिएको तथ्य फेला परेको छ। 

वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापाले आव २०७३।०७४ को दोस्रो र तेस्रो चौमासिक, आव २०७४।०७५ को दोस्रो चौमासिक, आव २०७५।०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भरपाईसहितको १० जना लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नो दायाँ हातको माझी औंला, दायाँ हातको बुढी औंला थान र दायाँ हातको साईंली औंला गरी १३ ठाउँमा औंठाछाप लगाई एक लाख रुपैयाँ रकम भुक्तानी लिएको दाबीसमेत अख्तियारको छ। 

वडा नं १ वडा कार्यालयका तत्कालीन वडा सचिव÷खरिदार विनय उप्रेतीले आव २०७५।०७६ को दोस्रो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता, दोस्रो किस्ता वितरण भरपाईसहितको लाभग्राहीहरुको हस्ताक्षरको महलमा आफ्नो बायाँ हातको बुढी औंलाको औंठाछाप लगाई ६४ हजार रुपैयाँ रकम भुक्तानी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । 


 

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्