Kathmandu Press

माघ ४ गतेका लागि राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरि राष्ट्रिय सभा बोलाउन सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो। 
माघ ४ गतेका लागि राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं, पुस २८ : सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। 

आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरि राष्ट्रिय सभा बोलाउन सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो। 

गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थियो।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो। 

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्