Kathmandu Press

निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

निर्वाचन तोकिएको समयमा भयावह र धाँदलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागिपरेको उनको भनाई छ।
निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

काठमाडौं, पुस २८ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए।

Hardik ivf

‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि निार्वचन हुन्छ या हुँदैन भन्ने खालको कुराहरु पनि आउँछ। तर यो निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएको हुनाले शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत छ,’ उनले भने, ‘हामीले दजैनौं पटक छलफल गरेको छौं। यहाँहरुले कमी कमजोरी छ कि भन्ने आशंका गर्नुपर्दैन् भनेर सरकार र सुरक्षा निकायबाट आएको छ।’

त्यस्तै उनले संविधानको रक्षाको प्रयोजनको लागि मुलुक लयमा ल्याउने र सुशासन प्रवाह गर्ने प्रयोजनको लागि निर्वाचनको अर्को विकल्प नरहेको बताए । निर्वाचन तोकिएको समयमा भयावह र धाँदलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागिपरेको उनको भनाई छ।

‘संविधानको रक्षाको प्रयोजनको लागि मुलुकमा लयमा ल्याउने र अनुशासनलाई थोरै लयमा ल्याएर एउटा गतिशिल समाज निर्माण गर्ने र सुशासन प्रवाह गर्ने प्रयोजनको लागि निर्वाचनको अर्को विकल्प थिएन,’ उनले भने, ‘निर्वाचन तोकिएको समयमा भयावह, धाँधलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागेको छ।’

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्