‘समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे’
उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको उनको दाबी थियो।
काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता डा।सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा।शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए।
सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको उनको दाबी थियो।
काठमाडौंमा जारी विशेष महाधिवेशनले नीति मात्रै पास हुने दाबी गरे। साथै उनले डा.कोइराला वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट सभापति बन्ने बताए। कोइरालाले पार्टी फुटबाट जोगाउने र एकताबद्ध बताउने उनको भनाइ छ।
‘पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो। एकताबद्धका लागि उहाँले पहलकदमी लिनुहुनेछ। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो। बिचमा हाइज्याक भएको हो,’ उनले भने।
आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










