Kathmandu Press

सभापति देउवाले आफू निकट नेताहरुलाई छलफलमा डाके 

‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईंहरूको सहभागीता अहिले पनि हामीले अनुरोध गरिरहेका छौं,’ थापाले भने ।
सभापति देउवाले आफू निकट नेताहरुलाई छलफलमा डाके 

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ परिस्थितिबारे निर्णय लिन आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्।

दिउँसो ३ बजेका लागि नेताहरुलाई छलफलमा बोलाएको हो। देउवाले यसअघि कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका छन्। 

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति तय गर्ने कार्यविधि समेत पारित भएको छ। यता, आज पनि महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन्।

Hardik ivf

विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा थापाले विधान सम्मत ढंगले विशेष महाधिवेशन आयोजना गरिएको दाबी गरे। 

उनले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवासहित कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पनि पुनः आग्रह गरेका छन्।

उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन अपिल गरेका थिए ।

‘हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईंहरूको सहभागीता अहिले पनि हामीले अनुरोध गरिरहेका छौं,’ थापाले भने ।

कार्यक्रममा सहभागीता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरूले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरूसँग डराएर आउन नसकेको जिकिर समेत गरे ।

महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठह¥याउन नसक्ने दाबी समेत गरे ।

‘यो भनिरहँदा अहिले थुप्रै साथीहरूले मलाई सम्पर्क गरिराख्नु भएको छ । कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ । कोहीभित्र सम्पर्क गरिराख्नु भएको छ । यहाँ मान्छे पठाएर भनिराख्नुभएको छ । आउन चाहनु भएको छ । तर जिल्लाका नेताहरूसँग डराउनु भएको छ,’ उनले भने ।
 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्