पार्टी एकता जोगाउने जिम्मा अब असन्तुष्ट पक्षकै हातमा : प्रवक्ता महत
‘हामीहरू अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो । पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ,’ प्रवक्ता महतले भने।
काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले एकलौटी रूपमा विशेष महाधिवेशनको कार्यविधि पारित गरेको बताउँदै भन्दै पार्टी एकता जोगाउने जिम्मा अब असन्तुष्ट पक्षकै हातमा रहेको भनाई राखेका छन्।
प्रवक्ता महतले संस्थापन पक्षको बहिष्कारका बीच गगन–विश्व समूहले पारित गरेको उक्त कार्यविधि विधानविपरीत भएको पनि बताएका छन्।
अहिले अघि बढाइएको भनिएको कार्यविधि र प्रक्रियामा विधि र विधान केही पनि नमिल्ने दाबी उनको छ। डा.महतले संस्थापन पक्षसँगको अनौपचारिक वार्तालाई लत्याइएको पनि बताए।
‘हामीहरू अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो । पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ,’ प्रवक्ता महतले भने।
विशेष महाधिवेशनका नाममा भएका निर्णयहरूलाई संस्थापन पक्षले सहजै स्वीकार नगर्ने प्रवक्ता महतको भनाई थियो। विशेष महाधिवेशन पक्षधरको निर्णय हेरेर आफूहरू पनि सोही अनुसार अगाडि बढ्ने भनाई डा.महतको छ।