विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी कार्यविधि पारित
पारित नयाँ कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेको बताउँदै केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय भएको जनाइएको छ।
काठमाडौं, पुस २८ : कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले आयोजना गरेको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।
विशेष महाधिवेशनको जारी बन्द सत्रले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरेको छ। नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरिएको छ।
नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित भएको छ। पारित नयाँ कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेको बताउँदै केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय भएको जनाइएको छ।
कार्यविधिमा १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचन गर्न एक जना संयोजक सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव समेत छ।
विगतमा कांग्रेसको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय पुनरवलोकन, सुधार र आवश्यक देखिएमा निर्णयहरू निष्क्रिय तथा खारेज हुने भनिएको छ।












