Kathmandu Press

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्नँ : डा. कोइराला

‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनैपनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिहेको छु। पार्टी जोगाउने प्रयास र गरिरहेको छु,’ उनले भने, ‘चिन्ता नगर्नुहोस् पार्टी जोगिन्छ। पार्टी फुट्न म दिन्नँ। समन्वय गरेर जाने हो। पार्टीलाई एक ढिक्का बनाएर जाने हो।’
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्नँ : डा. कोइराला

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन्।

छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए। पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए।

Hardik ivf

कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए।

‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनैपनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिहेको छु। पार्टी जोगाउने प्रयास र गरिरहेको छु,’ उनले भने, ‘चिन्ता नगर्नुहोस् पार्टी जोगिन्छ। पार्टी फुट्न म दिन्नँ। समन्वय गरेर जाने हो। पार्टीलाई एक ढिक्का बनाएर जाने हो।’

उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरुले बोलाएको बिशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन डा। शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्