Kathmandu Press

कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३०–४० वर्षका २० जनाको प्रतिनिधित्व रहने प्रस्ताव

केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३०–४० वर्षका २० गरी जम्मा ४० जनाको प्रतिनिधित्व रहने व्यवस्था उल्लेख गरिएको छ।
कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३०–४० वर्षका २० जनाको प्रतिनिधित्व रहने प्रस्ताव

काठमाडौं, पुस २८ : कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा प्रतिवेदनमा पार्टीको संरचनामा प्रतिनिधित्वमा व्यापक बदलाव ल्याउनुपर्ने प्रस्ताव उनले गरेका छन्।

उनले केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेका छन्। जसअनुसार केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३०–४० वर्षका २० गरी जम्मा ४० जनाको प्रतिनिधित्व रहने व्यवस्था उल्लेख गरिएको छ।

Hardik ivf

प्रतिवेदनमा प्रदेश कार्यसमितिमा दुवै उमेर समूहका १०र१० जना रहने र जिल्ला, संघीय क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिमा न्यूनतम ६/६ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ।वडा कार्यसमितिमा पनि न्यूनतम ४र४ जना सो उमेर समूहका सदस्य रहने व्यवस्थागरिएको छ।

समावेशीव्यवस्थालाई स्वीकार्दै प्रतिवेदनमा केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम २ महिला र न्यूनतम १ जना ३० वर्षमुनिका सदस्य पर्ने गरी जम्मा ४ जना प्रतिनिधि रहने कुरा उल्लेख गरिएको छ।

यस्तै महामन्त्री शर्माले नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौं ? यो विषम परिस्थिति सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा गर्दै नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न हामी सक्छौं कि सक्दैनौं ? जस्ता प्रश्न पनि उनले प्रतिवेदनमा उठाएका छन्।
 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्