Kathmandu Press

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ। सुरुमा महाधिवेशनको कार्यविधि तयार गर्ने कार्यक्रम रहेको छ। त्यसपछि नौ समूहमा विभाजन गरेर चार विषयमा नीति–मन्थन गरिनेछ।
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ। 

आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्व सम्बन्धी छलफल गरिनेछ।

Hardik ivf

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ। सुरुमा महाधिवेशनको कार्यविधि तयार गर्ने कार्यक्रम रहेको छ। त्यसपछि नौ समूहमा विभाजन गरेर चार विषयमा नीति–मन्थन गरिनेछ।

चार विषयहरूमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुनेछ । नीति–मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्नेबारे निर्णायक छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

‘नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना भएकाले मतदान आवश्यक नपर्न सक्छ,’ पोखरेलले भने।

क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार, विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि बिहान आइपुगेका छन् र उनीहरूले बिहान ८ बजेदेखि दर्ता कार्यक्रममा सहभागी भएका छन्।

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्