Kathmandu Press

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज

आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ।

आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ।

Hardik ivf

प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ।

कार्यविधि तय गरी बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। यस क्रममा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत भई त्यसमा छलफल हुने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, पुस २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्