Kathmandu Press

कांग्रेस विशेष महाधिवेशन : पार्टीबाट एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस हुँदै 

महामन्त्री शर्माको सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक संसाद मात्रै हुन पाउने व्यवस्था राखएको छ। 
कांग्रेस विशेष महाधिवेशन : पार्टीबाट एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस हुँदै 

काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा शर्माले सोमबार सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्। 

महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारीमा छन्। महामन्त्री शर्माको सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक संसाद मात्रै हुन पाउने व्यवस्था राखएको छ। 

पार्टीका केन्द्रदेखि वडासम्म जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने, केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३०–४० वर्ष उमेर समूहका २० जना रहने, विभिन्न पेशा, व्यवसाय, बौद्धिक वर्ग सहितका क्षेत्रबाट ‘ल्याट्रल इन्ट्री’ बाट पार्टी संरचनामा स्थान सुनिश्चित गर्ने, प्रत्येक देशका जनसम्पर्क समितिबाट पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने, त्यसमा प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्ष परिषद् सदस्य रहने र अन्तर्राष्ट्रिय परिषद् २७ सदस्य हुनेलगायतका व्यवस्था प्रतिवेदनमा छन्। 

बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन्। 

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
प्रतिक्रिया दिनुहोस्