Kathmandu Press

विशेष महाधिवेशनले कांग्रेस र देशलाई बदल्ने निर्णय लिनेछ : महामन्त्री शर्मा 

‘बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुछ,’ शर्माले भने, ‘हामी बद्लिन पनि सक्छौँ, देशलाई बदल्न पनि सक्छौँ । कांग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ।’ 
विशेष महाधिवेशनले कांग्रेस र देशलाई बदल्ने निर्णय लिनेछ : महामन्त्री शर्मा 

काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशलाई बलियो बनाउन नयाँ ढंगले जानुपर्ने बताएका छन्। 

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो भनाई राखेका हुन्। यसका लागि आफूहरू तयार रहेको उनको भनाई छ। 

‘हामी नयाँ ढंगले जाने मनोविज्ञान र मुडमा छौँ। नयाँ आशा जगाएर जान्छौँ,’ शर्माले भने।

Hardik ivf

महामन्त्री शर्माले देशलाई शासन मात्रै होइन, सुशासन पनि दिन तयार हुनुपर्ने समेत बताए। महामन्त्री शर्माले जेनजी आन्दोलनपछिको अवस्थामा पनि नेतृत्व बदलिन नचाहेको भनाई समेत राखे। 

महामन्त्री शर्माले मन्तव्यकाक्रममा उनले भने, ‘बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुछ,’ शर्माले भने, ‘हामी बद्लिन पनि सक्छौँ, देशलाई बदल्न पनि सक्छौँ । कांग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ।’ 

जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनासँगै समाजलाई पनि जोड्नुपर्ने आवश्यकता उनले औंल्याए । ‘अहिलेसम्म जेजस्ता कमजोरी भएका छन्, ड्राइभिङ सिटको छेउमा बसेकाले त्यसको केही हिस्सा हामी पनि लिन्छौँ । त्यसलाई स्वीकारेर हामीले भनेका हौँ, पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन, नयाँ ढंगले जानुपर्छ,’ महामन्त्री शर्माले भने। 

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउँदा पनि आशा जगाउन नसकेको उनले बताए। शर्माले अब सद्भाव, सुशासन र समुन्नतिलाई मूल मन्त्र बनाएर अघि बढ्नुपर्ने पनि बताए। 

तर, कांग्रेस विभाजन नहुने भनाई शर्माले राखे । विशेष महाधिवेशनले विवेकपूर्ण निर्णय गर्ने भनाई शर्माको थियो। 

‘हलले जे निर्णय लिनेछ, त्यही निर्णय कांग्रेसको आगामी बाटो हुनेछ। कांग्रेसलाई बदल्ने निर्णय लिनेछ, देशलाई बदल्ने निर्णय लिनेछ। कांग्रेसलाई एकढिक्का बनाएर जाने निर्णय लिनेछ,’ उनले भने। 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्