जसपा नेपाल र लोसपाबीच एकीकरण सम्झौता, ठाकुर संरक्षक, यादव अध्यक्ष
दुई पार्टीबीचको सम्झौता अनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति तय भएको छ। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने छ।
काठमाडौं, पुस २७ : जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरणका लागि आइतबार १२ बुँदे सम्झौता भएको छ।
दुई पार्टीबीचको सम्झौता अनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति तय भएको छ। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने छ।
उक्त पार्टीको संरक्षक महन्थ ठाकुरलाई बनाइएको छ। अध्यक्षमा उपेन्द्र यादव रहने भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने भएको छ।
प्रकाशित मिति: १८:३८ बजे, आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार