Kathmandu Press

विशेष महाधिवेशनमा गण्डकी सभापति शर्माले भने– कम्युनिष्टमुक्त कांग्रेस बनाउनुपर्ने अहिलेको आवश्यकता  

‘कांग्रेसले आफ्नो नीति छोडेका छौँ, कम्युनिस्टको नीति भित्र्याएका छौँ। त्यसैले हामी कमजोर भएका छौँ । कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने भएको छ,’ शर्माले भने।
विशेष महाधिवेशनमा गण्डकी सभापति शर्माले भने– कम्युनिष्टमुक्त कांग्रेस बनाउनुपर्ने अहिलेको आवश्यकता  

काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने बताएका छन्। 

विशेष महाधिवेशन उद्घाटन समारोहलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै शर्माले यस्तो भनाई राखेका हुन्। उनले कांग्रेसले आफ्नो नीति छोड्दा समस्या आएको दाबी समेत गरे। 

‘कांग्रेसले आफ्नो नीति छोडेका छौँ, कम्युनिस्टको नीति भित्र्याएका छौँ। त्यसैले हामी कमजोर भएका छौँ । कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्ने भएको छ,’ शर्माले भने।

शर्माले बीपी कोइरालाको कांग्रेस बनाउनुपर्ने पनि बताए। यस्का लागि कांग्रेसको पुरानो नीति अवलब्न गर्नुपर्ने भनाई उनको छ। 

शर्माले २०४७ सालको संविधानअनुसार  हिन्दूराज्य र संवैधानिक राजनतन्त्र राख्नुपर्ने आवश्यकता पनि औंल्याए। विशेष महाधिवेशनबाट नीतिसँगै नेतृत्व पनि परिवर्तन गरेर फर्किनुपर्ने उनको भनाई थियो। 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्