रिमा रास्वपामै रहने
रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा रिमाको नाम यथावत् राखेको छ। उनी दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।
काठमाडौं, पुस २७ : कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने भएकी छन्। रिमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन्।
रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा रिमाको नाम यथावत् राखेको छ। उनी दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।
रास्वपा र उज्यालो नेपाल पार्टी अलग्गिएपछि रास्वपाले आइतबारै निर्वाचन आयोग पुगेर बन्दसूची अद्यावधिक गरेको थियो। उक्त अद्यावधिक सूचीमा रिमाको नाम पनि समावेश छ।
रिमाले यसअघि मिडियासँगको कुराकानीमा आफू समानुपातिक सूचीमा नरहने र प्रत्यक्षमा उम्मेदवारी दिनसक्ने बताएकी थिइन्।
प्रकाशित मिति: १५:३४ बजे, आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)