सभापति देउवा र कार्यबहाक सभापति खड्कालाई विशेष महाधिवेशनमा उपस्थित हुन गुरू घिमिरेकाे आग्रह
‘पार्टीका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यूलाई म आग्रह गर्न चाहन्छु– आज मसँग तिक्तताको भण्डार सकिएको छ,’ उनले भने, ‘आउनुहोस्, यो विशेष महाधिवेशनलाई सय प्रतिशतको महाधिवेशन बनाऔँ। आन्तरिक एकतालाई प्रवद्र्धन गरौँ।’
काठमाडौं, पुस २७ : विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा घिमिरेले यस्तो आग्रह गरेका हुन्। घिमिरेले विशेष महाधिवेशनलाई सय प्रतिशतको महाधिवेशन बनाउन पनि आग्रह गरे।
‘पार्टीका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यूलाई म आग्रह गर्न चाहन्छु– आज मसँग तिक्तताको भण्डार सकिएको छ,’ उनले भने, ‘आउनुहोस्, यो विशेष महाधिवेशनलाई सय प्रतिशतको महाधिवेशन बनाऔँ। आन्तरिक एकतालाई प्रवद्र्धन गरौँ।’
घिमिरेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउन अहिलेको क्षणलाई नजरअन्दाज नगर्न पनि उनले आग्रह गरे।