Kathmandu Press

राप्रपाका चियापानमा पुगिन् प्रधानमन्त्री कार्की 

राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ। चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन्। 
राप्रपाका चियापानमा पुगिन् प्रधानमन्त्री कार्की 
फाइफ तस्बिर।

काठमाडौं, पुस २७ : प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेकी छिन्।

राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ। चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन्। 

चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो। चियापानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत राप्रपाका नेता–कार्यकर्ता, राजावादीलगायत सहभागि छन्। 

चियापानमा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन्।

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्