Kathmandu Press

उज्यालो नेपाल पार्टीले चिम चुनाव चिन्ह् लिएर निर्वाचनमा भाग लिने 

बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको छ।
उज्यालो नेपाल पार्टीले चिम चुनाव चिन्ह् लिएर निर्वाचनमा भाग लिने 

काठमाडौं, पुस २६ : उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनमा चिम चुनाव चिन्ह् लिएर भाग लिने भएको छ। 

रास्वपासँगको एकताको सहमति भंग भएलगत्तै बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले चिम चुनाव चिन्ह् लिएर निर्वाचनमा जाने घोषणा गरेको हो। 

Hardik ivf

बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको छ।

‘२०८२ पौष १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षिय रुपमा सहमति तोडेकाले उक्त सहमति भंग गरिएको छ। साथै उज्यालो नेपाल पार्टीले आगामी निर्वाचन चिम चुनाव चिन्ह् लिएर भाग लिने निर्णय गरेको छ,’ बैठक पनि पत्रकार सम्मेलनमा भनिएको छ।

बैठकले पार्टीको अध्यक्षबाट अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाएर दिएको राजीनामा स्विकृत गरेर उनलाई पार्टीको विधान अनुसार संरक्षकको भूमिका दिने निर्णय गरेको छ। 

पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई सर्वसहमतिले नियुक्त गर्ने निर्णय पनि भएको छ।

प्रकाशित मिति: २०:०८ बजे, शनिबार, पुस २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्