रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु, यही रुकुम भन्ने नठान्नुहोला। पूर्वी रुकुम आउने निश्चित भएको छ। पूर्वी रुकुममा आउने निश्चित भएको छ,’ उनले भने।
रुकुम पश्चिम, पुस २६ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्।
रुकुम पश्चिममा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे।
‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु, यही रुकुम भन्ने नठान्नुहोला। पूर्वी रुकुम आउने निश्चित भएको छ। पूर्वी रुकुममा आउने निश्चित भएको छ,’ उनले भने।
उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुस्ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाहाल कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन। उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए।
चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने पनि दाहालले घोषणा गरेका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










