रास्वाप–कुलमान एकता भंग, उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एकतापछि रास्वपासँग असन्तुष्ट रहेका कुलमानले हिजो र आज अध्यक्ष रवि लामिछानेसँग वार्ता गरेका थिए। वार्तामा ठोस सहमति नभएपछि कुलमानले रास्वपासँगको एकता भंग गरेका हुन्।
काठमाडौं, पुस २६ : कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडेका छन्।
एकतापछि रास्वपासँग असन्तुष्ट रहेका कुलमानले हिजो र आज अध्यक्ष रवि लामिछानेसँग वार्ता गरेका थिए। वार्तामा ठोस सहमति नभएपछि कुलमानले रास्वपासँगको एकता भंग गरेका हुन्। रास्वाप–कुलमान एकता १२ दिनमै भंग भएकाे हाे।
रास्वपासँगको एकता भंग भएसँगै कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त भएका छन्। यसअघि उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अनुप उपाध्यक्षको अध्यक्षमा दर्ता भएको थियो।
रास्वपासँग एकता गर्दा कुलमान उपसभापति बन्ने सहमति भएको थियो। तर, औपचारिक घोषणा भने भएको थिएन। कुलमानले केही दिनअघि मात्र मन्त्रीबाट राजीनामा दिएका थिए।
उनेपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । साँझ ६ बजे केन्द्रीय कार्यालयमा हुने प्रेसमिटमा घिसिङले अध्यक्षका हैसियतमा आफ्ना कुरा राख्ने बताइएको छ।












