Kathmandu Press

गगन थापाको आह्वान : जेनजी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ

उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन्।
गगन थापाको आह्वान : जेनजी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन्।

विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्ला दिनमा जेन–जी आन्दोलनले औँल्याएका विषयहरू केवल क्षणिक बहसमा सीमित नराखी राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ र व्यक्तित्वहरूको सहभागितामा गम्भीर छलफलको थालनी गर्नुपर्ने धारणा राखेका हुन्।

Hardik ivf

उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन्।

‘केही साथीहरूले यसमा पहल पनि शुरू गरिसक्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘यसलाई थप व्यवस्थित र सहभागीमूलक बनाउन आज मैले एउटा गुगल सिट फर्म सार्वजनिक गरेको छु।’

महामन्त्री थापाले उक्त फर्ममार्फत सबैलाई आफ्ना विचार, सुझाव र प्राथमिकताका राष्ट्रिय मुद्दाहरू साझा गर्न आग्रह गरेका छन्। उनका अनुसार प्राप्त सुझावहरूलाई संकलन गरी आगामी चरणमा राजनीतिक तथा बौद्धिक बहसको आधार बनाइने छ।

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, पुस २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्