Kathmandu Press

धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते

सतलोक आश्रमले ऐलानी जग्गा हडपेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन्।
धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते

धनुषा, पुस २६ : धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ।

आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन्।

Hardik ivf

घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन्। घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ।

सतलोक आश्रमले ऐलानी जग्गा हडपेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन्।

सोही विषयलाई लिएर स्थानीयवासीहरुको एक समूह आज आश्रम पुग्दा आश्रमका अनुयायीहरुसँग झगडा हुन पुगेको थियो। सोही क्रममा दुवै पक्षका दर्जन बढी व्यक्तिहरु घाइते भएका छन् । केहीको टाउको फुटेको छ भने केही स्थानीयको हात र खुट्टामा चोट लागेको छ।

अहिले स्थानीयहरुले मुख्य सडक अवरुद्ध गरेका छन्। जस कारणले आवतजावत गर्ने सयौं मालवाहक ट्रक, यात्रुवाहक बस र हलुका सवारी साधनहरु बाटोमै घेरिएका छन्। धनुषा प्रहरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, पुस २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्