Kathmandu Press

कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। 

शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

Hardik ivf

शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

‘नेपाल पत्रकार महासंघका पूर्वसभापति हुनुहुन्थ्यो। नेपालको प्रजातन्त्र आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका स्वर्गीय दाहाल वि।सं। २०५६ को निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सदस्यमा निर्वाचित हुनु भएको थियो। दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतन्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो,’ उनले भने।

८४ वर्षीय दाहालको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ओखलढुंगा जिल्लाका रामपुरमा जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रवक्ता तथा पूर्व कृषिमन्त्री पनि थिए। उनको योगदान नेपाली पत्रकारिता र राजनीति क्षेत्रमा अविस्मरणीय छ।

प्रकाशित मिति: ११:५२ बजे, शनिबार, पुस २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्