माघ ३ गतेदेखि निर्वाचन अचारसंहिता लागु हुने
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी तुलाधार, सगुन शमशेर जबरासहित उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर यस्तो जानकारी गराएका हुन्।
काठमाडौं, पुस २५ : निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी तुलाधार, सगुन शमशेर जबरासहित उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर यस्तो जानकारी गराएका हुन्।
भेटमा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार भेटमा आयोगका पदाधिकारीले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको थियो।
निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी थिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










