Kathmandu Press

कांग्रेसका भ्रातृ संस्थाका अध्यक्षहरुलाई अपील– सहअस्तित्व स्विकार्दै पार्टी एकताको पक्षमा एक ढिक्का हुनुस् 

संयुक्त अपिलमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघका अध्यक्षले हस्ताक्षर गरेका छन्।
कांग्रेसका भ्रातृ संस्थाका अध्यक्षहरुलाई अपील– सहअस्तित्व स्विकार्दै पार्टी एकताको पक्षमा एक ढिक्का हुनुस् 

काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्षले पार्टी एकताको पक्षमा नेताहरूलाई एकढिक्का हुन अपिल गरेका छन्। 

शुक्रबार संयुक्त अपिल जारी गर्दै उनीहरूले एकताको पक्षमा उभिन अपिल गरेका हुन्। संयुक्त अपिलमा आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई एकीकृत गर्दै परिणाम निकाल्न आग्रह गरिएको छ। 

Hardik ivf

संयुक्त अपिलमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघका अध्यक्षले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय देशमा आएको राजनैतिक संकट र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिक बाट नियालिरहेको बताउँदै देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न कांग्रेसका सभापति, पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण समेत गराइएको छ। 

‘नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एकढिक्का भई बढ्नुको कुनै विकल्प छैन,’ उनीहरूले भनेका छन्, ‘यो समयमा सबै नेता–कार्यकर्ताहरू तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारपूर्ण तरिकाले सबैको सहअस्तित्व स्वीकार गरेर सहमतिमार्फत नै अघि बढ्न अनुरोध गर्दछौँ।’
 
प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्