Kathmandu Press

राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक छ : राजेन्द्र लिङ्देन

उनले अबको एकमात्र बाटो कसैले नजित्ने र नहार्ने एवम देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका हुन्।
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक छ : राजेन्द्र लिङ्देन

काठमाडौं, पुस २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन्।

पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन्।

Hardik ivf

उनले अबको एकमात्र बाटो कसैले नजित्ने र नहार्ने एवम देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका हुन्।

‘पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहको निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री सुशीला कार्की, नेकाका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाट र छलफल गर्ने अवसर प्राप्त भयो।

गम्भीर र तरल अवस्थामा रहेको साझा निष्कर्ष। अबको एकमात्र बाटो कसैले नजित्ने नहार्ने देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति,’ सामाजिक संजालमा उनले लेखेका छन्।

प्रकाशित मिति: १९:२६ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्