Kathmandu Press

राजनीतिमा परिणाम स्वीकार गर्दै अघि बढ्नुको विकल्प छैन : सिटौला 

‘हामी केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ। अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन,’ सिटौलाले भने। 
राजनीतिमा परिणाम स्वीकार गर्दै अघि बढ्नुको विकल्प छैन : सिटौला 

काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नुको विकल्प भएको बताएका छन्।

‘पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो। यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन,’ नेता सिटौलाले संचारकर्मीसँग भने, ‘निर्वाचनमा पार्टी एकतावद्ध भएर जाने बेला हो यो। आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिँदैन।’ 

Hardik ivf

सिटौलाले अहिले सबै एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने समय भएको पनि बताए। केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको भनाई उनको थियो। 

‘हामी केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ। अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन,’ सिटौलाले भने। 

उनले अहिलेको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी रहेको पनि बताए। निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला पार्टीमा खैलाबैला हुनु उचित नभएको टिप्पणी सिटौलाको छ। 

प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्