Kathmandu Press

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा छलफल 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म कुराकानी भएको थियो । उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको जनाइएको छ। 
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा छलफल 

काठमाडौं, पुस २४ : प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच विहीबार बालुवाटारमा भेट वार्ता भएको छ। 

कार्की र ओलीबीच दिउँसो करिव ३ घण्टा भेटवार्ता भएको हो। 

Hardik ivf

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म कुराकानी भएको थियो । उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको जनाइएको छ। 

ओलीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको भनाई राखेका थिए। उनले तोकिएकै समयमा चुनाव भए त्यसका लागि एमाले तयार रहेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका थिए। 

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन सहयाग गर्न ओलीसँग आग्रह गरेकी थिइन् । 

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, पुस २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्